आर्थिक अभावमा मेडिकल शिक्षा पढ्न नसकेकी एकतालाई काँग्रेस नेता कार्कीद्वारा १ लाख सहयोग
सोलुखुम्बु। नेपाली कांग्रेस सोलुखुम्बुका नेता तथा नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाकी एक विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि एक लाख तीन हजार ३ सय रुपैयाँ सहयोग गरेका छन।
कमजोर आर्थीक अवस्थाले गर्दा अध्ययन अगाडि बढाउन नपाएकी महाकुलुङ गाउँपालिकाकी एकता कुलुङको उच्च शिक्षा अध्ययनका लागि नेता कार्किले सोलुखुम्बु जिल्लाका सञ्चारकर्मी र नेपाली कांग्रेस नेता कार्यकर्ताहरुसँगको अनपौचारिक भेटघाट तथा छलफलपछि काठमाडौंमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
नेता कार्कीले हाल काठमाडौंको जोरपाटीस्थित नेपाल हेल्थ केयर सेन्टरमा डिप्लोमा इन फार्मेसी बिषय अध्ययन गरिरहेकी एकता जेहेन्दार छात्रा रहेको र उनि समस्याआमाअका कारण उनको पढार्इ रोकिएकाले आफुले सहयोग गरेको बताए ।
भबिष्यमा हुने उनको सबै पढाइ खर्च आफुले उपलब्ध गराउने पनि नेता कार्किले प्रतिबद्धता ब्यक्त गरे ।
Facebook Comment