काम नगर्ने निर्माण कम्पनिसँग ठेक्का सम्झौता नगर्न निर्देशन

डिसी नेपाल
९ मंसिर २०७६ २१:५६

प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीसँग ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन्। सिंहदरबारमा सोमबार भएको मन्त्रालयगत चौमासिक समीक्षा वैठकलाई सम्बोधन गर्दै आलिले सामाथ्र्य नभएका निर्माण कम्पनिहरुलाई ठेक्का दिनु नहुने बताएका हुन।

प्रधानमन्त्री ओलीले मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन समेत निर्देशन दिए। उनले सम्बन्धित मन्त्रालयका सचिवहरुलाई आगामी १५ दिनभित्र्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्री आलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउदै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताएका छन्। सुशासन र विकास मार्फत राजीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै उनले मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताए ।

यस्त,ै प्रधानमन्त्री ओलीले अनुदान रकमको सम्पुर्ण विवरण बुझाउन पनि सबै मन्त्रालयहरुलाई दिएका छन्। ओलीले नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्तिकाबारेमा औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति नदोहो¥याउन सम्बन्धित सबैलाइ सचेत समेत गराए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *