उपनिर्वाचन २०७६ः पोखरामा समाजवादीको घरदैलो

डिसी नेपाल
१० मंसिर २०७६ १३:१४

पोखरा । उपनिर्वाचनमा कास्की क्षेत्र नं २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङ मतदाताको घरदैलामा पुगेका छन् ।

उनले आज पोखरा–२० स्थित भलाममा मतदातासमक्ष आफुँलाई मत दिएर विजयी बनाएमा जनताका हरेक समस्यामा सारथी बन्ने वचनबद्धता व्यक्त गरे ।

कास्की क्षेत्र नं २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको निधन भएपछि यही मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *