चिठ्ठामा ५९ लाख पर्यो, पैसाजति वेश्यालाई दिए, श्रीमतीलाई छुरा हाने, २ छोरा मारेर आत्महत्या

डिसी नेपाल
१० मंसिर २०७६ १५:५६

काठमाडौं। चिठ्ठामा ४० हजार पाउण्ड (५९ लाख नेपाली रुपैयाँ) जितेका एक व्यक्तिले आफूसँग छुट्टिएर बसेकी श्रीमतीलाई चक्कु प्रहार गरेर मार्ने प्रयास गरे । त्यपछि उनले आफ्ना २ नाबालक छोरालाई पनि मारे र आफूले पनि आत्महत्या गरे । उनले चिठ्ठामा जितेको सबै पैसा अण्डा कार नामकी वेश्याको लागि खर्च गरेको श्रीमतीले थाहा पाएपछि उनले यस्तो गरेका थिए ।

४३ वर्षका डेभिड स्टोक्स नामका ती व्यक्ति आफ्नो छातीमा छुरा रोपिएको अवस्थामा लिसेस्टरशायरमा रहेको आफ्नो घरमै मृत फेला परेका थिए । अदालतमा सुनुवाइको क्रममा उनीसँगै उनका छोराहरु ११ वर्षमा आडम र ५ वर्षका म्याथ्यु पनि मृत अवस्थामा फेला परेको बताइयो । स्टोक्सकी पत्नी स्याली स्टोक्सलाई पनि उनले मार्नको लागि छुरा प्रहारगरेका थिए तर गम्भीर घाइते अवस्थामा उनी भाग्न फल भएपछि बचेकी थिइन् ।

डेलिमेलको समाचारअनुसार अहिले उनले लोगबोरोग कोरोर्न कोर्टमा स्टोक्सले उनलाई कसरी मार्न प्रयास गरेका थिए भन्ने बताइन् । उनका अनुसार स्टोक्सले ४० हजार पाउण्डको लट्री जितेका थिए । उनकी पत्नीले उनले त्यो पैसा वेश्यालाई दिएको फेला पारेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *