राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष कसजूको निधन
![राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष कसजूको निधन](https://www.dcnepal.com/wp-content/uploads/2019/11/kasaju_5XklL4YKlE.jpg)
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष तथा वरिष्ठ पत्रकार विनयकुरमार कसजूको निधन भएको छ ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।
प्रतिक्रिया
Facebook Comment