विप्लव निकट ६ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा

डिसी नेपाल
१० मंसिर २०७६ २२:०१

डोटी । नेत्रविक्रम चन्द समूह निकटका ६ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेट्दै नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको विरोध गर्न सदरमुकाम खलङ्गा आएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

विरोध कार्यक्रम गर्नुअघि नै प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–३ का २२ वर्षीय ललित सार्की र पर्शुराम नगरपालिका–५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुङ्गल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर र खप्तड छन्ना गाउँपालिका–८ का २५ वर्षीय सुभास जोशी, दार्चुलाको मार्मा गाउँपालिका–४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बूढीगङ्गा नगरपालिका–१० का २१ वर्षीय दीपक रावत छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीका अनुसार उनीहरुका साथबाट रकम माग्न प्रयोग गरिएका रसिदसमेत बरामद गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *