सावधान ! तपाईँ टाइट जिन्स लगाउँदै हुनुहुन्छ?

काठमाडौं। अहिलेको युगलाई फेशनको युग पनि भनिन्छ। मानिसहरु आफूलाई मन परेको कपडा लगाउन कन्जुस्याईँ गर्दैनन्। चाहे युवा हुन् वा युवती कपडाका धेरै सौखिन हुन्छन्। यसैबीच पछिल्लो पुस्ता जिन्स लगाउन धरै मन पराउँछन्। र उनीहरु टाइट जिन्स धेरै लगाउँछन्। तर के तपाईँलाई थाहा छ टाइट जिन्सले तपाईँको ज्यान पनि जान सक्छ।
धेरै टाइट कपडा लगाउँदा तपाईँमा गम्भीर विमारी पनि देखा पर्न सक्छ। जसले हाम्रो ज्यान पनि जान सक्छ। ब्रिटिश काइरोप्रैक्टिस एसोसिएशनले गरेको एक सर्वेक्षणमा टाइट कपडा लगाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने तथ्य फेला परेको हो। धेरै टाइट जिन्स, स्कर्ट वा टाइट पोशाक लगाउँदा तपाईँलाई हिँड्न, बस्न मात्र समस्या हुने होइन, तपाईँको बडी शेप र पाश्चरमा पनि त्यसको गम्भीर असर पर्न सक्छ।
टाइट जिन्सको कपडा लगाउने चलन निकै तीव्र रुपमा चल्दै आएको छ। तर त्यसको असर हाम्रो पिठमा पनि पर्न सक्छ। त्यसले हाम्रो पिठको नसालाई दबाउँछ। जसका कारण धेरै दखाइ हुन सक्छ।
लामो समयसम्म टाइट कपडा लगाउँदा तपाईँको घुँडामा दबाव सृजना हुन्छ। हाम्रो शरीरलाई हावा निकै आवश्यक पर्छ। तर टाइट जिन्स लगाउँदा शरीरमा हावा आउँदैन। त्यसले शरीरको छाला हावा नहुँदा शरीरको हड्डीमा नराम्रो असर पर्छ।
Facebook Comment