सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौँमा कम्पन
काठमाडौँ । बुधबार राति १० बजेर ८ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दू बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको फुल्पिङ्गकोटलाई केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रामेछाप लगायतका जिल्लामा महशुस गरिएको थियो।
यसअघि मंसिर ३ गते बझाङ्गमा केन्द्रबिन्दू बनाएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया
Facebook Comment