अर्घाखाँचीको भयानक बस दुर्घटनामा ३ वर्षीया बालिका एन्जल भट्टराई सकुशल
सन्धिखर्क । बुधबार बेलुका भएको बस दुर्घटनाले अहिले अर्घाखाँची पूरै शोकमग्न भएको छ । बुधबार बेलुका सन्धिखर्कबाट बुटवलका लागि छुटेको लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क–६ नरपानीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो भने १८ जना घाईते भएका थिए ।
दुर्घटनामा घाइते भएका १८ जना मध्ये ८ जनाको भैरहवा मेडिकल कलेजमा, ७ जनाको चौराहा अस्पताल बुटवलमा र एक जनाको काठमाडौँमा उपचार भइरहेको छ । तर सोही दुर्घटनामा एक ३ वर्षीया बालिका एन्जल भट्टराई भने भाग्यले बाँचेकी छिन् । टाउकोमा सामान्य मात्रै घाउ लागेकी एन्जललाई उपचारपछि प्रहरीले आफन्तको जिम्मा लगाएको छ ।
सन्धिखर्क नगरपालिका –१ घर भएकी उनी आमा अमृता पौडेल भट्टराईको साथमा बुटवल जाँदै थिइन् । आमा अृमता भने गम्भिर घाईते भएकी छिन् । उनको चौराहा हस्पिटल बुटवलमा उपचार भैरहेको छ ।
विभत्स घटनाले ठूलो संख्यामा ज्यान गुमाउनुपर्दा सिंगो जिल्ला नै आज ठप्प छ । सन्धिखर्क बजार तथा जिल्लाका मुख्य मुख्य बजारहरू बन्द गरिएका छन् ।
Facebook Comment