आफ्नो नाम अमिताभ बच्चन भएकै कारण किसानलाई आपत !

डिसी नेपाल
१२ मंसिर २०७६ १३:३०

काठमाडौं। चर्चित सेलिब्रेटीसँग नाम मिल्नुलाई धेरैले गर्वको विषय सम्झिन्छन् तर भारतमा एक किसानलाई भने सुपरस्टारसँग नाम मिलेकै कारण आपत परेको छ । ती किसानको नाम अमिताभ बच्चन हो । भारत सरकारले किसानहरुलाई अनुदान दिनको लागि ‘किसान सम्मान’ शीर्षकमा पैसा दिने निर्णय गरेपछि यी किसानले पनि बैंकमा सोही अनुदान रकम पाउनको लागि खाता खोलेका थिए ।

उनले बैंक अफ इण्डियामा खाता खोलेका थिए । सबै किसानको खातामा पैसा जम्मा गर्दै गएका बैंकका कर्मचारीहरुले उनको खातामा रकम जम्मा गर्ने बेला उनको नाम देखेपछि शंका गरे । शंका यतिसम्म बढ्यो कि उनको खातामा जम्मा भइसकेको पैसा पनि निकालेर सरकारी कोषमा फिर्ता पठाइयो । पछि जब बैंकका अधिकारीहरुले घटनाको जाँच गरे त्यसपछि बल्ल वास्तविकता खुल्यो ।

जाँचमा थाहा भयो कि यी खाताधारक बलिउडका बिग बी होइनन्, उनी त उत्तर प्रदेशको बाराबंकी जिल्लाका किसान हुन् । बाराबंकी जिल्लाको स्वरुप विश्वविद्यालयको प्रांगडमा रहेको बैंक अफ इण्डियाको शाखामा उनको खाता छ । खातामा मोवाइल नम्बर र आधार नम्बर पनि छ । किसान सम्मान निधि योजनामा सूचिकृत किसानलाई अनुदान दिनको लागि उनहिरुको सूची दर तहसिल मुख्यालय पठाइएको थियो ।

त्यहाँ किसानको नाम अमिताभ बच्चन देखेपछि लेखापालले यसमा शंका गरे । त्यसपछि यो खाता महानायक अमिताभ बच्चनको हो भन्ने हल्ला फैलियो । वर्षौं पहिले महानायक अमिताभ बच्चनले बाराबंकी जिल्लाको दौलतपुरमा जमिन किनेका थिए । यही कारण पनि त्यहाँका कर्मचारीले त्यहाँको बैंकमा महानायककै खाता हुन सक्ने शंका गरेका थिए ।

बैंकमा खाता भएका अमिताभ बच्चन भने दौलतपुरमा जमिन हुने महानायक नभइ गदियाको जसमांडा गाउँका हरेरामका छोरा हुन् । यी अमिताभ बच्चन अहिले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् । उनी तीन वर्षदेखि साउदीमा कार्यरत छन् । बैंक अफ इण्डियाका प्रबन्धक दीपक मिश्राका अनुसार झुक्किएर यस्तो भएको भए पनि अब सबै दस्तावेज ही पाइएकोले उनलाई अनुदान रकम दिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *