अभ्यास खेलमा माल्दिभ्समाथि नेपाल ‘ए’को सहज जित
काठमाडौं । दक्षिण एसियाली खेलकुद सागका लागि खेलिएको अभ्यास खेलमा नेपाल ए टिम ४९ रनले विजयी भएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो । शरद भेषवाकरको कप्तानीमा रहेको नेपाल ए का लागि भिम सार्की ३३, रित गौतमले २५ तथा सुवाश खकुरेलले २० रनको योगदान गरे । शेर मल्ल ७ र आकश चन्द ४ रन बनाए । यस्तै अमित श्रेष्ठले २९, दिलिप नाथले १८ रनको योगदान गरे । माल्दिभ्सका कप्तान मोहम्मद महफुजले ३ लागि विकेट लिए ।
जवाफमा माल्दिभ्स २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो । उसका कुनैपनि खेलाडीले राम्रो खेल्न सकेनन् । १३ रनमा पहिलो विकेट गुमाएको माल्दिभ्सले २३ रनमा तीन विकेट खेर फालेको थियो ।
५२ रनमा ४ विकेट गुमाएका माल्दिभ्स अन्तत एक सय दुई रनमा अलआउट भयो । नेपालका आकाश चन्दले दुई विकेट हात पारे ।
उसका २ खेलाडीले मात्र दोहोरा अंक जोड्न सकेन । जसमा युफुफ फरातले ४२ रन बनाए भने हसन अब्रिम १८ र मोहम्मद इभान ९ रन जोडे । नेपालको लागि नन्दन यादव र आकश चन्दले २–२ विकेट लिए । शेर मल्ल र मञ्जित श्रेष्ठले समान १–१ विकेट लिए।
Facebook Comment