अबैध रकम सहित हुन्डी कारोबारी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले काठमाडौंबाट दुइ जना अबैध डुन्डी कारोबारीलाइ पक्राउ गरेको छ।
प्रहरी बरिष्ठ उपरिक्षक सहकुल बहादुर थापाका अनुसार अबैध हुन्डी संचालन गरी राजस्व छली गरेको सूचनाका आधारमा काठमाडौंको न्यूरोडबाट उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका १८ का ५८ बर्षीया गोवर्धन प्रसाद सरावगी र अर्घाखाँची शितगंगा नगरपालिका ४ का २३ बर्षीया कृष्ण प्रसाद भट्टराई रहेका छन् ।
प्रहरीले करिव ३८ लाख ९२ हजार नगद सहित विभिन्न व्यक्तिहरुको नाममा काटिएको चेक पनि बरामद गरेको छ ।
प्रतिक्रिया
Facebook Comment