बंगलादेश सरकारले गर्यो सागमा पदक जित्ने खेलाडीलाई बिशेष प्याकेजको घोषणा
काठमाडौं । नेपालमा आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने खेलाडीलाई बंगलादेश सरकारले पुरस्कारको घोषणा गरेको छ । बंगलादेश सरकारले नेपालमा हुने सागमा खेलाडीको प्रोत्साहनका लागि पुरस्कार घोषणा गरेको हो ।
जसमा सागमा स्वर्ण जित्ने खेलाडीलाई ६ लाख टाका अर्थात ८ लाख १० हजार रुपैयाँ, रजत जित्नेलाई तीन लाख टाका (चार लाख रुपैयाँ) काश्य जित्नेलाई एक लाख टाका (एक लाख ३५ हजार रुपैयाँ) दिने घोषणा गरेको छ ।
यसपटकको सागमा बंगलादेशले २५ खेलमा सहभागिता जनाउँदैछ । जसमा अफिसियल र खेलाडी गरि ८८७ जनाको सहभागिता रहनेछ । यसपटकको सागमा भारतपछि बंगलादेशलाई नै धेरै पदकको दावेदारका रुपमा हेरीएको छ ।
खेलाडीको प्रोत्साहनका लागि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्याकेजको घोषणा गर्ने बताइएपनि अन्तिम समयमा विरामी पर्दा त्यो हुन सकेन । तर सरकारले यसपटकको सागमा स्वर्ण जित्ने खेलाडीलाई ५ लाखँ रुपैयाँ दिने घोषणा गरेको छ । यसअघि सागमा स्वर्ण जित्नेले तीन लाख रुपैयाँ पाउदै आएका थिए ।
Facebook Comment