वेष्ट इण्डिज गेल–रसेलबिना भारतविरुद्ध मैदानमा उत्रिने
काठमाडौं। वेष्ट इण्डिजले भारतविरुद्ध खेल्ने एकदिवसीय र टि–२० टिमको घोषणा गरेको छ । टिमको कप्तानी किरोन पोलार्डले गर्नेछन् । वेष्ट इण्डिजको टिममा विष्फोटक अलराउण्डर आन्द्रे रसेल र ओपनर क्रिस गेल हुने छैनन् । तीन टि–२० को सिरिज ६ डिसेम्बरमा सुरु हुनेछ । त्यसपछि ३ एकदिवसीय खेलिनेछ ।
टि–२० टिममा किरोन पोलार्ड (कप्तान) फाबियन एलेन, शेल्डन कटरेल, शिमरन हेटमेयर, जेसन होल्डर, किमो पल, ब्रेन्डन किंग, एविन लुइस, खेरी पियरे, निकोलन पुरन, दिनेश रामदिन, शेरफन रदरफोर्ड, लेन्डल सिमन्स, केसरिक विलियम्स र हेडल वाल्स जुनियर छन् । यस्तै वनडे डिममा किरोन पोलार्ड (कप्तान) सुनिल अम्बरिश, रोस्टन चेज, शेल्डन कटरेल, शिमरन हेटमेयर, जेसन होल्डर, शाइ होप, अल्जारी जोसेफ, ब्रेन्डन किंग, एविन लुइस, किमो पल, खेरी पियरे, निकोलन पुरन, रोमारियो शेफर्ड र हेडल वाल्स जुनियर छन् ।
आन्द्रे रसेल चोटका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट बाहिर छन् भने क्रिस गेलले आफू भारत विरुद्धको सिरिज नखेल्ने पहिल्र्य स्पष्ट पारिसकेका थिए । सिरिजको पहिलो टि–२० ६ डिसेम्बरमा हैदराबादमाm दोस्रो टि–२० ८ डिसेम्बरमा तिरुवनंतपुरममा र तेस्रो टि–२० ११ डिसेम्बरमा मुम्बइमा हुनेछ । यस्तै पहिलो वनडे १५ डिसेम्बरमा चेन्र्नमा, दोस्रो वनडे १८ डिसेम्बरमा विशाखापट्टनममा र तेस्रो वनढे २२ डिसेम्बरमा कटकमा हुनेछ ।
Facebook Comment