असीमित प्रेम, लिभ इनमा बसाइ, परिवारबिना विवाह, श्रीमतीको हत्यापछि कहानी समाप्त
काठमाडौं। असीमित प्रेम घृणामा परिणत भयो भने त्यसले कतिसम्म भयावह परिणम निम्त्याउँछ भन्ने सहजै कल्पना गर्न सकिन्न । यस्तै घटना भारतको राजधानी दिल्लीको जनकपुरी इलाकामा भएको आज तकले लेखेको छ । यहाँ एक व्यक्तिले आफ्नी श्रीमतीको गोली हानेर हत्या गरेका छन् । साहिल नामका यी व्यक्तिले आफ्नी श्रीमती न्यान्सीलाई असीमित प्रेम गर्थे । न्यान्सी र साहिल विवाहभन्दा अगाडि लिभ इनमा बसे त्यसपछि दुवैले परिवारलाई नबताइ बिहे गरेका थिए ।
यसको केही दिनपछि भने उनीहरु दुवैका परिवारको बिहेमा सहमति भएपछि दुवै साथमा बस्न थाले । तर, बिहे भएको केही महिनामै न्यान्सी र साहिलको बीचमा सानो सानो कुरामा झगडा हुन सुरु भयो । जानकारीका अनुसार घटनाको दिन पनि दुईको बीचमा झगडा भएको थियो । लगातारको झगडा साहिलले सहन सकिरहेका थिएनन् । त्यपछि साहिलले आफ्ना साथी र उनका भाइसँग श्रीमती न्यान्सीलाई पानीपत लिएर गए त्यहाँ उनको हत्या गरिदिए ।
साहिल र न्यान्सीको भेट २ वर्ष पहिले साहिलको जन्मदिनको पार्टीमा भएको थियो । यो भेट प्रेममा बदलिएको थियो । प्रेम यतिसम्म बढ्यो कि उनीहरु लिभ इनमा बस्न थाले र पछि उनीहरुले गएको मार्चमा बिहे गरे । बिहेपछि केही समय त सबै ठिक थियो तर पछि उनीहरुको बीचमा झगडा हुन थाल्यो । झगडा बढ्दै गएपछि साहिलले न्यान्सीलाई गोली हानेर मारिदिए । हत्याको १५ दिनपछि न्यान्सीको शव पानीपतमा भेटियो । न्यान्सीका पिताका अनुसार उनकी छोरीको हत्या षड्यन्त्रअनुसार भएको थियो । पुलिसका अनुसार साहिल आफ्नी श्रीमती न्यान्सीलाई बहाना बनाएर पानीपत लिएर गएका थिए र न्यान्सीलाई पेस्तोल पनि आफूसँग लिएर हिँड्न भनेका थिए । न्यान्सीसँग पेस्तोल कहाँबाट आयो भन्ने पुलिसले जाँच गरिरहेको छ ।
Facebook Comment