विद्यालयमा दिउँसोको खाजाः १ लिटर दूधमा १ बाल्टी पानी हालेर ८० विद्यार्थीलाई बाँडेपछि…
काठमाडौं। पछिल्लो समय विद्यार्थीहरुलाई विद्यालयमै दिउँसोको खाजा दिने प्रचलन बढ्दै गएको छ । यसरी दिउँसो विद्यार्थीलाई विद्यालयमै खाजा दिने नियम छिमेकी देश भारतमा पनि लागू गरिएको छ । तर, यहाँ केही विद्यालयमा चरम भ्रष्टाचारका कारण विद्यार्थीलाई अत्यन्तै कम गुणस्तरको खाजा दिइएका घटना सार्वजनिक भइरहन्छन् । यस्तै एउटा घटना उत्तर प्रदेशको सोनभद्र जिल्लाको एक प्राथमिक विद्यालयमा भएको आज तकको समाचारमा उल्लेख छ ।
यहाँको सोलइबनवा प्राथमिक विद्यालयमा बुधबार एक लिटर दूधमा १ बाल्टी पानी मिसाएर ८० जना बालबालिकालाई बाँडिएको समाचारमा उल्लेख छ । यो खबर बाहिरिएपछि विवाद भयो र प्रशासनले यस विषयमा कारवाही अगाडि बढाएको छ । यो घटनामा शिक्षामित्रलाई बर्खास्त गरिएको छ र शिक्षकलाई निलम्बन गरिएको छ ।
स्कुलमा बुधबार मिड डे मिलको मेनुअनुसार बालबालिकालाई खाना दिइएको थियो । मेनुअनुसार दूध पनि दिइनुपर्ने थियो । विद्यालयकी भान्छेका अनुसार उनलाई त्यस दिन १ लिटर मात्र दूध उपलब्ध गराइएको थियो । उनले पनि त्यही १ लिटर दूधमा पानी मिसाएर ८० जना बालबालिकालाई दिइन् । घटना सार्वजनिक भएपछि जाँच गर्न पुगेका एबिएसए मुकेश कुमारका अनुसार पछि भूल सुधार गर्दै बालबालिकालाई फेरि दूध बाँडिएको थियो ।
Facebook Comment