मूलपानीको क्रिकेट मैदानमा शरद र प्रदिपले मात्रै १४ छक्का बर्साएपछि …
काठमाडौं। दक्षिण एशियाली खेलकूद अन्तर्गत क्रिकेटको अभ्यास खेलमा मूलपानी मैदानमा नेपाली ब्याट्सम्यान शरद भेषावकर र प्रदिप ऐरीले छक्का बर्साएपछि नेपाल ‘ए’ले माल्दिभ्सलाई २० ओभरमा २१८ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ले २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो । नेपाल ‘ए’ को लागि कप्तान शरद भेषावकरले ८४ रन बनाए । उनले ८ छक्का र ४ चौका प्रहार गरे । प्रदिप ऐरीले ६९ रन बनाए । ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । अमित श्रेष्ठले अविजित २५ रन बनाए । दिलिप नाथले २७ रन बनाए । माल्दिभ्सको लागि ३ वटै विकेट लिम शफिकले लिए ।
प्रतिक्रिया
Facebook Comment