‘भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोज्यो’

डिसी नेपाल
१३ मंसिर २०७६ १६:४४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनले नेपालसँगको सम्बन्धलाई २१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताएका हुन् ।

चीन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने उनले बताए । २ जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफूलाई चित्त नबुझेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले नेपालको द्रुततर विकासमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याए । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई विकास साझेदार रहेको बताए । अध्यक्ष दाहलले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताए ।

यस्तै नेपाल भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि बताए । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नुपर्ने उनले बताए । कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । उनले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन नहुने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *