पुरुष भलिबलः भारतसँग पनि हारेपछि नेपाल प्रतियोगिताबाट बाहिरियो

डिसी नेपाल
१३ मंसिर २०७६ १८:२४

्काठमाडौं। काठमाडौंमा जारी १३ दक्षिण एशियाली खेलकुद (साग)को पुरुष भलिबलको समूह ए को अन्तिम खेल नेपाल भारतसँग पराजित भएसँगै जितबिहीन हुँदै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा शुक्रबार नेपाल भारतसँग ० -३ को सोझो सेटमा पराजित भयो। यो समूहबाट भारत विजेता तथा बंगलादेश उपविजेता बन्दै सेमिफाइनल पुगेका छन्।

शुक्रबार दशरथ रंगशालास्थित भलिबल कोर्टमा घरेलु टोली नेपाल भारतसँग कुनै पनि सेटमा प्रतिस्पर्धात्मक देखिएन। नेपालले लगातार तीन सेट गुमायो। पहिलो सेटमा नेपाल भारतसँग १५ २५ ले पराजित भएको थियो। दोस्रो सेट २५ १३ ले गुमायो। तेस्रो सेटमा सुधारिएको प्रर्दशन गरेको नेपाललाई १२ स्कोरपछि अंक जोड्न नै कठिन भयो। तेस्रो सेट नेपालले १६-२५ ले गुमायो। यसअघि नेपाल बंगलादेशसँग पराजित भइसकेको छ।

शुक्रबारै महिला भलिबलको सेमिफाइनल समिकरण पुरा भएको छ। शुक्रबार तेस्रो दिन महिला भलिबलतर्फ समूह बी को खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै श्रीलंका समूह विजेता बन्दै सेमिफाइनल पुग्यो। यसअघि नै नेपाल समूह ए बाट उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ। अब सेमिफाइनलमा नेपाल र श्रीलंका भिड्ने भएका हुन्। दुबै टिमले समूह चरणमा एक एक जित हात पारेका छन्।

नेपालले समूह चरणमा बंगलादेशलाई पराजित गरेको थियो भने, श्रीलंकाले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको हो। नेपाल समूह चरणमा भारतसँग पराजित भएको छ। उता पाकिस्तान नखेलेपछि माल्दिभ्स पनि उपविजेता बन्दै सेमिफाइनल पुगेको हो। अर्को सेमिफाइनल भारत र माल्दिभ्सबीच हुने छ। नेपालले सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्न सके एक पदक निश्चित हुनेछ।

शुक्रबार श्रीलंकाले माल्दिभ्समाथि ३ ० को जित निकाल्यो। खेलमा श्रीलंकाले लगातार तीन सेट जितेको छ। श्रीलंकाले पहिलो सेट २५ १५ को स्कोरमा जित्यो। दोस्रो सेट २५ १८ले जित्यो। तेस्रो सेट २५ ले जित्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *