म्यान्चेस्टर सिटीको मूल कम्पनीले किन्यो भारतीय क्लब

डिसी नेपाल
१३ मंसिर २०७६ १८:५४

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीको मूल कम्पनी सिटी फुटबल ग्रुपले भारतीय क्लब मुम्बई सिटी एफसी किनेको छ ।

क्लबको शाखा विश्वभर फैल्याउने उदेश्य लिएको सीएफसीले इण्डियन सुपर लिग क्लब मुम्बईमा लगानी गरेको हो । सीएफजीले मुख्य हिस्सा रहने गरि मुम्बईमा ६५ प्रतिशत लगानी गरेको छ ।

मुम्बईको थप ३५ प्रतिशत भने बलिउड नायक रणवीर सिंहको नाममा रहनेछ । योसँगै विश्वभर सीएफसीले लगानी गरेको क्लब आठ पुगेको छ । सिटीले यस अघि अमेरिकाको न्यु योर्क सिटी, अष्ट्रेलियाको मेलबर्न सिटी, जापानको योकोहामा, एट्लेटिको टोर्के र जिरोना लगायत क्लबमा लगानी गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *