सागका खेल्न तयार भएकी एथ्लेटिक्सकी खेलाडी भागेर कतार पुगिन्
काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेकी एक खेलाडी भागेर कतार पुगेको खुलासा भएको छ। एथ्लेटिक्सकी तुलासा खत्री बन्द प्रशिक्षणबाटै भागेको जनाइएको छ।
आर्मीबाट खेल्दै आएकी तुलसाले ४ सय मिटर दौड र ४ सय मिटर रिलेमा नेपालको प्रतिनिधित्व गर्ने थिइन्।
साग शुरु हुन केहीदिन अघिमात्र खेलाडी बन्द प्रशिक्षणबाटै भागेपछि नेपाल एथ्लेटिक्स संघ तनाव भएको छ। उनको स्थानमा कसले मौका पाउँछ त्यो भने निश्चित भइनसकेको स्रोतले बतायो।
गत महिना चीनमा भएको सैन्य प्रतियोगितामा ४ सय मिटर दौडमा देशका लागि नयाँ कीर्तिमान कायम गरेकी थिईन् । उनले आठौं राष्ट्रिय खेलकुदमा ४ सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । उनले निर्धारित दुरी ५९ दशमलव ९१ सेकेण्डमा पार गरेकी थिइन्।
‘देशका लागि खेल्ने ई्रच्छा हुँदा हुँदै झुट बोले । आफ्नो लाईफ बनाउन कतार हिडे ।’ भनेर उनले प्रशिक्षकलाई सन्देश पठाएको खेलापाटीले लेखेको छ।
Facebook Comment