उपनिर्वाचनलाई लक्षित गरी दाङमा बम बिस्फोट

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१६ मा बम बिस्फोट भएको छ ।
घोराही–१६ को वडाध्यक्ष पदका लागि आज जारी उपनिर्वाचनका दिन बिहान मतदान चलिरहँदा बाहुन डाँडा मतनास्थलमा बम विस्फोट भएको हो ।
बिस्फोटबाट कुनै क्षति नभएको र घटनामा संलग्नको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आज उपनिर्वाचनअन्तर्गत दाङ–३ (ख) प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका–१६ को वडाध्यक्ष पदका लागि मतदान हुँदैछ।
प्रतिक्रिया
Facebook Comment