कास्की-२ नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मतदान
काठमाडौँ । कास्की २ प्रतिनिधिसभा सदस्य निर्वाचनकी नेकपा उम्मेदवार विद्या भट्टराईले मतदान गरेकी छिन्।
भट्टराईले पोखरा–३३ भरतपोखरीको शान्ति उदय माविबाट मतदान गरेकी हुन्।
साझा पार्टीकी उम्मेद्वार रजनी केसीले यस अघि नै कास्की २ को पोखरा गैह्रपाटनमा रहेको नबिन स्कूलबाट मतदान गरेकी हुन्।
मतदान बिहान ७ बजेदेखि सुरु भएको हो । अहिलेसम्म २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment