सबैभन्दा महंगो ट्राफिक जरिवानाको रेकर्ड, कार मालिकमाथि लगाइयो १६ लाख जरिवाना

डिसी नेपाल
१४ मंसिर २०७६ १४:४८

एजेन्सी। छिमेकी देश भारतमा नयाँ ट्राफिक नियम लागू भएपछि ट्राफिक नियम मिच्नेहरुले ठूलो रकम जरिवाना तिर्नु परिरहेको छ । गएको अगष्टमा लागू भएको नियमपछि विभिन्न ठाउँमा निकै ठूलो रकम जरिवाना तिराइएका घटनाहरु सार्वजनिक भएका छन् । पछिल्लो एक घटनाले भने यसअघिका सबै जरिवानाको रेकर्ड तोड्दै सबैभन्दा महंगो जरिवानाको नयाँ रेकर्ड बनाएको आज तकको समाचारमा उल्लेख छ । गुजरातमा एक कार मालिकमाथि यति ठूलो रकम जरिवाना लगाइयो कि त्यो रकमले नयाँ कार नै किन्न सकिन्छ ।

गुजरातमा पुलिसले एक कार मालिकलाई कारको नम्बर प्लेट नभएको अभियोगमा झण्डै १० लाख भारु (१६ हजार नेपाली रुपैयाँ) जरिवाना तिराएको छ । आज तकको समाचार अनुसार अहमदाबादको सिन्धु भवन रोडमा पुलिसले एक पोर्से कारका मालिकलाई कारमा नम्बर प्लेट, ड्राइभिङ लाइसेन्स र गाडीको कागजात नभएको आरोपमा ९ लाख ८० हजार जरिवाना तिराइएको हो । नयाँ नियम लागू भएपछिको यो सबैभन्दा महंगो जरिवाना मानिएको छ । रिपोर्टका अनुसार गाडी मालिकले यो जरिवाना तिरेर कार लिएर गएका छन् । जुन गाडीको पुलिसले जरिवाना काट्यो त्यो कार पोर्से कम्पनीको हो । यो कारलाई अत्यन्तै बिलासी मानिन्छ र भारतीय बजारमा यसको मूल्य सवा २ करोड भारु पर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *