हेल्मेट लगाएर सस्तो प्याज बेचिरहेछन् कर्मचारी, भन्छन्–‘जतिबेला पनि कुटेर लुट्न सक्छन्’

डिसी नेपाल
१४ मंसिर २०७६ १४:५४

काठमाडौं। प्याजको मूल्य आकाशिएको छ । प्याजको भाउ बढेसँगै यसलाई कसरी सन्तुलनमा ल्याउने भनेर प्रयासहरु पनि भइरहेका छन् । भारतमा बिहार स्टेट कोअपरेटिभ मार्केटिङ युनियन लिमिटेड (बिस्कोमान)ले आम नागरिकको लागि सस्तो मूल्यमा प्याज बेच्न थालेको छ । यसरी सस्तो प्याज बेचिरहेका कर्मचारीलाई सुरक्षाको डरले सताउन थालेको भारतीय मिडिया दैनिक भास्करले लेखेको छ

समाचारका अनुसार शनिबार स्टलमा प्याज बेचिरहेका कर्मचारीले हेल्मेट लगाएर बसेका थिए । यहाँ प्याज लुट्ने प्रयास भएपछि कर्मचारीले हेल्मेट लगाएर बस्न थालेका हुन् । केही अराजक तत्वले कर्मचारीलाई ढुंगाले पनि हानेका थिए । पटनामा प्याजको मूल्य ८० देखि १०० रुपैयाँ किलो पुगेको छ । बिस्कोमानले १ हप्तादेखि गान्धी मैदाननजिकै रहेको भवन बाहिर तथा शहरका अन्य स्थानमा सस्तो दरमा प्याज बेचिरहेको छ । यो क्रम आज बेलुकासम्म जारी रहनेछ ।

३५ रुपैयाँ किलो प्याज किन्नको लागि मानिसहरुको भीड लागेको छ । एक व्यक्तिलाई २ किलो प्याज दिइएको छ । प्याजको बिक्री आज साँझसम्म मात्र हुनेछ । समय सकिन लागेकोले बिक्री केन्द्रमा भीड बढेको छ । प्रशासनले सहयोग नदिएको भन्दै बिस्कोमानले प्याज बिक्री नगर्ने निर्णय गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *