सिरहाको कल्याणपुर नगरपालिकामा उपनिर्वाचन शान्तिपुर्ण

डिसी नेपाल
१४ मंसिर २०७६ १६:१८

सिरहा । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि आज जारी उपनिर्वाचनमा विभिन्न जिल्लाको मतदानस्थलमा मतदाताले उत्साहजनकरुपमा मतदान गरिरहेका छन्। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान जारी रहेको हो ।

यस्तै सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाको वडा नंबर १२ मा पनि आज निर्बाचन हुँदैछ । यस वडाका वडाअध्यक्ष रामदेव यादवको हत्या भएको थियो । यादव नेपाली कांग्रेसबाट निर्बाचित भएका थिए भने राजपाका कपलेश्वर मुखिया दोस्रो तथा नेकपाका दीलिप मुखियाले तेस्रो स्थान प्राप्त गरेका थिए ।

आज जारी निर्बाचनमा नेपाल कम्युनिष्ट पाटीका उम्मेदबार दीलिप यादव, नेपाली कांग्रेसका राजकुमार मुखिया र राजपाका उम्मेदबार प्रदिप महतोबीच कडा प्रतिस्पर्दा हुने अुनमान गरिएको छ। कुल ३४५० मतदाता रहेको यो वडा नेपाली कांग्रेसका पूर्व संविधानसभा सदस्य मोहम्मद मुक्तार आलमको गृहनगर हो । यस वडामा दुइ वटा बुथ रहेको छ । सिरहामा यो मात्र उपनिर्वाचन स्थान हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *