सिटीको बराबरी

डिसी नेपाल
१४ मंसिर २०७६ २०:३३

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । सिटीले न्यूक्यासलसँग दुई पटक लिएको अग्रता जोगाउन सकेन ।

न्यूक्यासलको मैदानमा भएको खेलको २२ औं मिनेटमा सिटीले अग्रता बनाएको थियो । उसका लागि रहिम स्टर्लिङले गोल गरे । उनले डेविड सिल्भाको पासको सदुपयोग गरेका थिए ।

तर त्यसको तीन मिनेटपछि न्यूक्यासलका विलेम्सले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमबाट एक एक गोल भयो ।

८२ औं मिनेटमा केभिन डी ब्रुइनले फ्रिकिकबाट उत्कृष्ट गोल गर्न सफल भए । तर फेरी ८८ औं मिनेटमा न्यूक्यासलले गोल गर्दै खेल बराबरी गर्न सफल भयो । यसपटक उसका लागि सेल्भेले गोल गरे ।

यो बराबरीले सिटीलाई दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । त्यसपछि खेलको अन्तिममा सिटीका रहिमले उत्कृष्ट मौका पाएपनि गोल गर्नबाट चुके । यो बराबरीले सिटीको १४ खेलबाट २९ अंक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *