काठमाडौंमा खोक्रो राष्ट्रवादको नारा लाउने हैन, कुटनीतिक पहल हुनुपर्छ : ज्ञानेन्द्र शाही

डिसी नेपाल
१८ मंसिर २०७६ १७:१२

काठमाडौं । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ । दार्चुलाका विभिन्न भागमा गएर त्यहाँका नागरिक संग कुराकानी गरी, नागरिकहरुको लालपुर्जा सहितको प्रमाण आफुसँग भएको दावी गरेका छन् । रिपोर्टस कल्बमा बुधबार ल्याएका प्रमाणहरुलाई मिडिया मार्फत सरकार समक्ष पु¥याउने हेतुले आयोजना गरिएको कार्यक्रममा शाहीले २०१७/२०१८ साल तिर नेपाल भारत सीमामा पिल्लर गाड्ने काम गरेकासंग पनि संवाद गरेको जनाएका छन् ।

उनले भने,‘लिपुलेक नेपालको मध्यभागमा पर्छ । नेपालको सीमाना लिम्पियाधुरा हो । नेपालको सिमाना भारतले मात्रै नभएर चीनले पनि मिचेको दाबी शाहीको दावी छ । शाहीले आफुले ल्याएका प्रमाण र हालैमात्र भैरव रिसालले दिएका प्रमाणहरुको आधारमा अन्तरराष्ट्रिय अदालतमा गएमा आफ्नो सीमा शतप्रतिशत फिर्ताहुने विश्वास गरे ।

उनले भने,‘नेपालसँग यथेष्ट प्रमाण छ, हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ । सरकारसँग यो कदम चाल्नको लागि आग्रह गर्दछु । यदि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय अदालतमा जाँदैन भने यो सरकारको लागि नैतिक पतनको बाटो हो ।’

पत्रकार सम्मेलनको क्रममा उनले ऐतिहासिक प्रमाणको रुपमा भिडियोसमेत सार्वजनिक गरेका थिए । जहाँ उनले हरिबोला गौथला र गोपाल सिंह नपलचौरसँग कुराकानीसमेत गरेका छन् । उनीहरु कुटी र नाभीका बासिन्दा हुन् । उनीहरु अहिले भारततर्फ पुगेका छन् । तर, उनीहरुसँग नेपालको लालपुर्जा र नागरिकता छ । उनले भने,‘उहाहरुसँग भएको नेपाली लालपूर्जा नै हाम्रो लागि ऐतिहासिक प्रमाण हो ।

शाहीले दार्चुलाका मान्छे यतिवेला ठूलो पीडामा रहेको पनि सुनाए । उनले भने,‘काली नदीको पारी सबै सुविधा छ, तर यता हाम्रोतिर भने दुःख छन् । पीडामा छन् । अभाव छ । यता हाम्रोतिर भने अभावै अभाव छ । आधारभुत सुविधा केही पनि छैन् ।’ साधारण उपचारको लागि ७ दिन पैदल हिँड्नुपर्ने दार्चुलाका जनताको बाध्यता पनि उनले सुनाए ।

काठमाडौंमा खोक्रो नारा लगाएर केही पनि नहुने बताउदै शाहीले त्याहाँका जनताको दुःखसँग साथ दिनु पर्ने बताए । उनले सुदुरका जनतालाई विकाससँग जोडनु पर्ने पनि बताएका छन् । उनले भने ‘टिंकर सडक अलपत्र छ । २०६५ सालदेखि अहिलेसम्म काम भएको छैन् । आज सडकको अभावमा नेपाली नागरिक भारत गएर उपचार गराउन बाध्य भएका छन् ।’

शाहीले दार्चुलाको विकासका लागि गएको रकममा अनियमितता भएको पनि सुनाए । उनले भने ‘रकम जाने रैछ । तर, त्याहाँका छोटेराजाहरुको कारणले गर्दा जनताले दुःख पाईरहेका छन् ।

उनले भने ‘हामीले चाल्नुपर्ने वास्तविक कदम कहिल्यै चालेनौं । हामीले यतिसम्म पनि सोचेनौं । यता, खोक्रो राष्ट्रियताको नारा लगाउँदा सिमानामा बस्ने नेपाली नागरिकले कति दुःख कष्ट भोग्नुपर्छ । सिर्फ आफ्नो राजनीतिक दुनो सोझ्याउने काममात्रै भयो । त्यसैले यो सरकारले कुटनीतिक पहल थालनी गरोस् र गुमेको हाम्रो भूमी फिर्ता ल्याओस् ।

शाहीले सरकारलाई सुरक्षा निकायलाई सिमानामा खटाउनसमेत आग्रह गरेका छन् । उनले भने,‘करिब ९५ हजारको हाराहारीमा रहेको नेपाली सेना, करिब ४० हजारको हाराहारीमा रहेको सशस्त्र प्रहरी बललाई सिमानामा खटाओस् । होईन भने हामी नेपाली नागरिकले रगत र पसिना एक÷एक गरी तिरेको करले पालेको सेना र प्रहरीको औचित्यमाथि नागरिकले प्रश्न उठाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *