नौमती बाजा बजाएरयी महिलाले भने–रोजगारीको अवसर सृजना गरेका छौं

डिसी नेपाल
१८ मंसिर २०७६ १७:२५

काठमाडा । लोक सांस्कृतिक महिला नौमती बाजा समूहले आफ्नो कला देखाउँदै देशभित्रै अवसर सृजना गरी अगाडि बढ्न सकिने सन्देश दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले नौमती बजाउँदै महिलाले पनि देशको हरेक क्षेत्रमा रोजगारीको अवसर सृजना गर्नुका साथ कला संस्कृतिको जर्गेना गर्न भूमिका खेल्न सकिने बताएका हुन ।

समूहकी अध्यक्ष कृष्णा क्षेत्रीले महिलाहरु एकजुट भएर अगाडि बढ्न सकिने सन्देश दिन आफूहरु सक्रिय भएको जानकारी दिइन् । उनले भनिन्,‘देशमा कला र सीप सिकेर गरिखान सकिन्छ, दुःख पाउन विदेश जानुपर्दैन ।’ ऋणमा शुरु गरेको नौमती समूह अहिले सशक्त बन्दै गएको उनले बताइन् । समूहले देशको संस्कृतिको जगेर्ना गर्ने उद्देश्य समेत राखेको बताइन् ।

नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउन थालेको जानकारी दिइन् । कृष्णा क्षेत्रीका अनुसार निकट भविष्यमा देशबाहिर सांस्कृतिक कार्यक्रममा सहभागी हुने तय भएको छ ।

नौमती बाजा समूहका गुरु ध्रुव नेपालीले महिलाहरुले बाजा किनेर, सिकेर त्यसलाई सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । कम साधन र स्रोतका बाबजुद पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा लोक सांस्कृतिक महिला नौमती बाजा समूहले बाजा बजाएर कला प्रदर्शन गरेका थिए । नौ जनाको समुहमा रहेका उनीहरुले ढलके, दमाहा, नरसिंहा, सहनाई, ट्यांको र झुरमा बजाएका थिए । उनीहरुले भविष्यमा साधन बढाउँदै लैजाने समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *