रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयकमाथि दफावार छलफल शुरु

डिसी नेपाल
१८ मंसिर २०७६ १८:४४

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘रेडियोधर्मी पदार्थको नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल शुरु भएको छ । शुरुमा पेश भएको मूल विधेयकमा तीन पटकसम्म परिमार्जन गरिएको उक्त विधेयकमाथि समितिको आजको बैठकमा दफावार छलफल शुरु भएको हो ।

समिति सभापति जयपुरी घर्तीको अध्यक्षतामा भएको बैठकले विधेयकको प्रस्तावनादेखि दफा ५ सम्मका विषयमा सामान्य फेरबदलसहित पारितका लागि सहमति जनाएको छ । विधेयकले ‘रेडियोधर्मी स्रोत’ भन्नाले रेडियोधर्मी पदार्थ र आयनिकरण गर्ने विकीरण उत्सर्जन गर्ने वा फैलाउन सक्ने उपकरणलाई परिभाषित गरेको छ ।

रेडियोधर्मी पदार्थ एवं प्रविधिको सुरक्षित तथा शान्तिपूर्ण उपयोग गर्न, अध्ययन अनुसन्धान गर्न र आयनिकरण गर्ने विकीरणबाट पर्न सक्ने प्रतिकूल प्रभावबाट सर्वसाधारणको जीउधनको सुरक्षा तथा वातावरण संरक्षण गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न सो विधेयक ल्याइएको हो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *