प्रिमियर लिगमा चेल्सी र लेस्टर विजयी हुँदै दुवै शीर्ष ४ मा कायम

डिसी नेपाल
१९ मंसिर २०७६ ९:०४

काठमाडौँ । इङलिश प्रिमियर लिगमा लेस्टर सिटीले वाटफोर्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लेस्टरले वाटफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । लेस्टरको जितमा जेम्स भार्डी र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।

यो जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेस्टरको १५ खेलमा ३५ अंक छ भने शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा ८ अंकले पछाडि रहेको छ । त्यस्तै म्यानचेस्टर सिटीभन्दा लेस्टर ३ अंकले अगाडि रहेको छ । त्यस्तै वाटफोर्ड भने १५ खेलमा ८ अंकसहित पुछारमा रहेको छ ।

गएराती नै सम्पन्न अर्को खेलमा चेल्सीले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको छ । चेल्सीको जितमा टामी अब्राहीम र मासन माउन्टले एक एक गोल गरेका थिए भने एस्टन भिल्लाका लागि ट्रेजेगुएटले एक गोल फर्काएका थिए । अब्राहीमले आफ्नो पूर्व क्लब भिल्लाविरुद्ध एक गोल र असिस्ट समेत गरेका थिए ।

यो जितपछि चेल्सी १५ खेलमा २९ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै भिल्ला भने १५ खेलमा १५ अंकसहित १५औ स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *