विकास निर्माणको काममा कार्यकर्ता लगाउन नसक्दा आलोचना बढ्यो : मुख्यमन्त्री पोखरेल

डिसी नेपाल
१९ मंसिर २०७६ १५:३२

काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिज्ञहरुले जनतालाई राज्य निर्माणमा भएका कामहरु बताउन नसक्दा आलोचना बढ्दै गएको बताएका छन्।

समृद्धि र विकासबारे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काममा कार्यकर्तालाई लगाउन नसक्दा अलोचना बढेको बताएका हुन्।

उनले देशको आर्थिक विकास ७ प्रतिशत पुग्दा समेत आर्थिक वर्षको सुरुवातमा आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुनुलाई आलोचनात्मक सोचबाट सबैक्षेत्र प्रभावित भएको बताए।

उनले कृषि, पर्यटन तथा पूर्वाधार मार्फत विकासका कामलाई तिब्र गतिमा अगाडी बढाउन सक्ने सम्भावना हुँदा पनि सरकारप्रति विश्वास गर्ने सोचको विकास हुन नसकेको बताए। उनले नेतृत्वमा पुगेकाहरुले इमान्दारपूर्वक विकास निर्माणमा ध्यान नदिदा आलोचना बढ्दै गएको बताए।

सरकारले निर्यातलाई जोड दिने नीति लिएपनि देशमा निर्यात प्रवद्र्धन हुनेगरी उद्योग स्थापना हुन नसकेको उनले बताए। उनले दिगो आर्थिक विकासका लागि उत्पादनमा आधारीत र आयात प्रतिस्थापन गर्ने उद्योगको स्थापना हुनुपर्ने बताए।

त्यस्तै परम्परागत राजनीतिक प्रणालिमा सुधार हुन नसके विकास सम्भव नभएको बताउँदै कृषिमा आधुनीकिकरण, पर्यटन क्षेत्रमा नविन सोचको विकास राजनीति गर्नेहरुमा हुनुपर्ने बताए।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले आलोचनालाई सकारात्मक रुपमा प्रयोग गर्न नसके देशको आर्थिक समृद्धि हासिल गर्न सरकार असफल हुने समेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *