महिलाहरुलाई निर्देशकको सुझाव – ‘साथमा कण्डम बोक्नुस् बलात्कारीलाई सहयोग गर्नुस्’
काठमाडौं। हैदराबादमा बलात्कारपछि महिला डाक्टरको हत्याको घटनाले सिंगो देश तातेको छ । देशैभरी जनता आक्रोशित छन् । यही बीचमा एक दक्षिण भारतीय फिल्म निर्देशकले यस विषयमा निकै विवादित बयान दिएका छन् । द हिन्दूको समाचार अनुसार यी निर्देशकले महिलाहरुलाई साथमा कण्डम बोक्न र बलात्कारीलाई सहयोग गर्न सुझाव दिएका छन् ।
निर्देशक डेनियल श्रवणले २७ वर्षकी भेटेरीनरी डाक्टरलाई हैदराबादमा बलात्कार गरी हत्या गरेर शव जलाइएपछिको समयमा यस्तो प्रतिक्रिया दिएका हुन् । श्रवणले फेसबुकमा पोस्ट गर्दै महिलाहरुले पुलिसलाई बोलाउनुभन्दा साथमा कण्डम बोक्नुपर्ने, बलात्कारीलाई सहयोग गरेर हत्या हुनबाट बच्नुपर्ने सुझाव दिएका हुन् । उनले महिलाहरुले बलात्कारीलाई यौनकार्यमा साथ दिएर उनीहरुलाई कण्डम प्रयोग गर्न आग्रह गरी मारिनबाट जोगिन सुझाव दिएका हुन् ।
उनले बलात्कारीको यौन इच्छा पूरा गर्नु मुख्य एजेण्डा भएको उल्लेख गर्दै कुनै किसिमको हिंसाबिना गरिने बलात्कारलाई सरकारले कानुनी मान्यता दिनुपर्ने बताएका छन् । उनले यो नै बलात्कारीको हातबाट महिलाहरुलाई मारिनबाट जोगाउने एकमात्र उपाय भएको बताएका छन् ।
Facebook Comment