भारत्तोलनमा सञ्जुले जितिन् स्वर्ण, नेपालको स्वर्ण पदक संख्या ३५ पुग्यो

डिसी नेपाल
१९ मंसिर २०७६ १७:५७

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले स्वर्ण जितेकी छिन् ।

महिला ५९ केजी तौल समूहमा सञ्जुले स्वर्ण पदक जितेकी हुन् । उनले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १ सय ७१ केजी तौल उचाल्दै स्वर्ण हात पारेकी हुन् ।

श्रीलंकाकी एस राजापाक्षले रजत जित्दा बंगलादेशकी फायमा अख्तरले कास्य पदक जितिन् । राजपाक्षले स्न्याचमा ७० र क्लिन एन्ड जर्कमा ९१ केजी गर्दै कुल १ सय ६१ केजी तौल उचालिन् । अख्तरले स्न्याचमा समान ७० केजी उचालेकी थिइन् । उनले क्लिन एन्ड जर्कमा ९० केजी मात्र उचालेकी थिइन् ।

नेपालका लागि यो १३ औं सागमा यो ३५ औं स्वर्ण पदक हो ।

बिहीबार नेपालले ५ स्वर्ण जितेको छ। बुधबारसम्म २९ स्वर्णसहित दोस्रो स्थानमा रहेको नेपालले बिहीबार थप पाँच स्वर्ण जित्यो। बिहीबार उसुकी निमा घर्तीमगर, साइक्लिङका लक्ष्मी श्रेष्ठ र बुद्धिबहादुर तामाङ, पौडीकी गौरिका सिंह, तेक्वान्दोका भुपेन श्रेष्ठ र सन्जुले भारत्तोलनमा स्वर्ण जितेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *