१३ औंँ सागः पोखरामा आर्चरी शुरु

डिसी नेपाल
१९ मंसिर २०७६ १८:०५

कास्की । पोखरामा जारी १३ आँैं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा आर्चरी खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

यही मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गरे । आजदेखि ¥याङकिङ राउण्ड शुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि सो राउण्ड शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । भुटानका नौ तथा अन्य तीन देशका १६÷१६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन् । टिम रिकर्भ ९७० मिटर० महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी कम्पाउण्ड ९५० मिटर० महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले ¥याङकिङ गर्ने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *