सागः बिच भलिबलमा नेपालको निराशाजनक प्रदर्शन
पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (सागं) अन्तर्गत बिच भलिबलमा नेपालले खराब प्रदर्शन गरेको छ । पोखराको लेक साइटमा बिहिबार पुरुष र महिलाको चार खेलमै नेपाल पराजित भयो । पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिल सुनार तथा राजु विक र सञ्जु शाह, महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी तथा कोपिता उप्रेती र मनीषा चौधरीको जोडी पराजित भए ।
पहिलो खेलमा नेपालको मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीसँग २५–२३, २१–२३ र १२–१५ को सेटमा पराजित भए । बंगलादेश शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडी माल्दिभ्सको अब्दुल्ला जायन र अहमद मोहम्मदको जोडीसँग १८–२१ र १६–२१ ले पराजित भयो ।
नेपालका राजु विक र सञ्जु शाहको जोडी पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीसँग १४–२१ र १५–२१ को हार व्यहोर्यो । बंगलादेशको मोहम्मद मोनर हुसैन र मोहम्मद शाहजहा अलिको जोडीले माल्दिभ्सका एडम नसिम र मोहम्मद अलिको जोडीलाई १७–२१, २१–१८ र १५–१२ को सेटमा पाखा लगायो ।
पाकिस्तानको जस्नव खान र अफाख खानको जोडीले बंगलादेशको शेख मोहम्मद साने र मोहम्मद इमरान हैदरको जोडीलाई २१–१९ र २१–१६ को सेटमा सहजै जित्यो । श्रीलंकाका इन्डिका तिरोन र जयन सनुजाको जोडीले नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडीलाई २१–१६ र २१–१८ मा समेट्दै जित हात पार्यो ।
पाकिस्तानका मोहम्मद रज्जाक र वसिन मोहम्मदको जोडीले बंगलादेशको मोहम्म्द मोनिर हुसैन र मोहम्मद शाहजहा अलिको जोडीलाई १८–२१, २१–१८ र १५–१० को सेटमा पराजित गर्यो । श्रीलंकाका प्रदिप आशंका र असिन कुमाराले नेपालका राजु विक र सञ्जु शाहको जोडीलाई २१–९ र २१–११ मा सहजै पखा लगायो ।
Facebook Comment