आमाको यो रुप पनि, नवजात शिशुलाई १७ तले भवनको झ्यालबाट मिल्काइदिन्

डिसी नेपाल
१९ मंसिर २०७६ २३:०७

काठमाडौं। हालका दिनमा छिमेकी मुलुक भारतमा विभिन्न अमानवीय अपराधका घटनाहरु भएका समाचारहरु आइरहेका छन्। हालै भारतको हैदरावादमा एक पशुचिकित्सकलाई बलात्कारपछि जिउँदै जलाइएको सनसनीपूर्ण घटना सार्वजनिक भएको थियो।

त्यसको केहीदिनपछि बिहीबार एक बलात्कृत महिलालाई अदालतमा पेस गर्दागर्दै जिउँदै जलाइएको घटना सार्वजनिक भयो।

यहीबीचमा मुम्बईमा एक आमाले आफेनो नवजात शिशुलाई १७ तले भवनबाट खसालिदिएको समाचार भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन्। बिहीबार बेलुका एक आमाले एक नवजात शिशुलाई १७ तले भवनबाट खसालेर हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

नवजात बालिकाको शव मुम्बईको कान्दिवलीस्थित जयभारत सोसाइटीको एसआरए बिल्डिंग परिसरमा फेला परेपछि घटनाबारे खुलासा भएको हो।

शिशुको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा आमाले बिहीबार दिउँसो आफ्नो फ्ल्याटको बाथरुममा बालिकाको जन्म दिएकी थिइन्। र बालिका जन्मिना साथ शिशुलाई बाथरुमको झ्यालबाट मिल्काइदिएको प्रहरीले दावी गरेको छ।

प्रहरीका अनुसार श्रीमानसँग राम्रो सम्बन्ध थिएन। त्यसैले ती महिलाले बच्चालाई झ्यालबाट मिल्काएर हत्या गरेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीयवासीसँग पनि प्रहरीले सोधपुछ गरेको छ। (एजेन्सीहरुको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *