हैदरावाद बलात्कार काण्डमा प्रहरीले आरोपीलाई मारेपछि के-के भयो?

डिसी नेपाल
२० मंसिर २०७६ २१:२३

काठमाडौं। गत हप्ता भारतको हैदरावादमा भएको बलात्कारपछिको हत्या मामिलालाई पूरा भारतलाई हल्लाईदियो। एक पशुचिकित्सकको स्कुटरको टायर पन्चर गराएर ४ जनाले सामूहिक बलात्कार गरी ती युवतीलाई जिउँदै जलाई दिएका थिए।

यो घटना सार्वजनिक भएसँगै भारतको संसदमा समेत यो आरोपका दोषीमाथि कडा सजाय हुनुपर्ने आवाज उठ्यो। प्रहरीले घटना सार्वजनिक भएको तेस्रो दिनमै ४ जना आरोपीलाई गिरफ्तार गर्यो। आरोपी पक्राउ परेको भनक लागेपछि स्थानीय आक्रोशितहरुले आरोपीलाई राखिएको प्रहरी हिरासतमै आक्रमण गरे।
भारतीय सांसद जया बच्चनले संसमा दोषीमाथि कडा सजायको माग गरिन्।

यहीबीचमा शुक्रबार बिहानै एक अप्रत्याशित समाचार आयो – आरोपी चारैजनाको महिलाको शव भेटिएको स्थानमै प्रहरी मुठभेडमा मृत्यु भयो।

प्रहरीले घटनाको रिक्रियट गर्न ती आरोपीलाई घटनास्थल लगिएको र सो क्रममा उनीहरुले भाग्ने प्रयास गरेपछि प्रहरी कारबाही हुँदा चारैजना आरोपी मारिएको बताए।

भारतमा भएको यो प्रहरी इन्काउन्टरको घटनामा विरोध र समर्थन् दुबै देखिएको छ। समर्थन् गर्नेहरुको तर्क छ – मृतक युवतीले न्याय पाइन्। विरोधीको तर्क छ – प्रहरीले यसरी आरोपीलाई मारिदिने हो भने अदालत बन्द गरे हुन्छ। इन्काउन्टरको समर्थन बलात्कारपछि हत्यामा देखिएको आक्रोश हो भने विरोध कानुनी शासनको हो।

जे होसमा शुक्रबार प्रहरी इन्काउन्टरमा मारिएका बलात्कार आरोपीका परिवारले उनीहरुको शव बुझ्न अस्वीकार गरिदिएका छन्। प्रहरी इन्काउन्टरमा मारिनेमा १९ वर्षदेखि २६ वर्षसम्मका युवाहरु थिए। यी मध्ये २६ वर्षीय युवाको बिहे भएको थियो। र उनकी श्रीमती ७ महिनाकी गर्भवती भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मारिनेकी श्रीमतीले आफ्नो श्रीमानलाई जुन स्थानमा प्रहरीले मारेको हो सोही स्थानमा आफुलाई पनि मारिदिन भनेकी छन्।

परिवारले शव नबुझेपछि तेलंगाना प्रहरील उनीहरुको अन्तिम संस्कार गर्ने जनाइएको छ। शुक्रबार बिहान ३ बजे उनीहरुको इन्काउन्टर भएको प्रहरीले जनाएको छ। शव भने दिउँसो ४ बजेपछिमात्र सो स्थानबाट हटाइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *