किरणले दिलाए नेपाललाई म्याराथनमा स्वर्ण
काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ । पुरुषतर्फको स्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।
शनिबार बिहान भएको खेलमा बोगटीले निर्धारित ४२ किलोमिटरको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पार गर्दै नेपालको लागि स्वर्ण जितेका हुन् ।
प्रतिक्रिया
Facebook Comment