भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य

डिसी नेपाल
२१ मंसिर २०७६ १२:३९

पोखरा । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा सञ्चालित भारोत्तोलन प्रतियोगितामा नेपालका कमलबहादुर अधिकारी दम्पतीले कास्य पदक प्राप्त गरेका छन ।

पोखरा महानगरपालिका–१२ माटेपानीमा आयोजित प्रतियोगिताको शुक्रबार पुरुष ६७ केजी तौल र उनकी धर्मपत्नी राज्यलक्ष्मीले ७१ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन्।

१०औँ संस्करणका स्वर्ण विजेता कमल १३औँमा पुरुषतर्फका सो समूहमा कास्यमा सीमित भएका छन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लिन एन्ड जर्कमा ८३ सहित कूल १५० किलो भार उठाउँदै कास्य हात पारे । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बङ्गलादेशले रजत पदक जिते ।

भारतकी मनप्रीत कौरले स्न्याचमा ८५ र क्लिन एन्ड जर्कमा १०७ गरी कूल १९२ किलो भार बहन गरी स्वर्ण जितेका हुन् ।

बङ्गलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लिन एन्ड जर्क विधामा ८५ गरी कूल १५५ किलो बहन गर्दै रजतमा सीमित रहे ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठ्न सकेनन् ।

नेपाल प्रहरीमा आबद्ध उहाँले १२औँ संस्करणमा नेपाललाई कास्य दिलाएका थिए ।

यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेका हुन् । उनले स्न्याचमा ६८ र क्लिन एन्ड जर्कमा ८५ किलो तौल उठाए ।

सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो । भारतकी राखी हल्डरले स्न्याचतर्फ ९० र क्लिन एन्ड जर्कमा ११० गरी २०० किलो उठाउँदै शीर्षस्थानमा रहे । यस्तै, श्रीलङ्काकी भी हर्षिकाले रजत जिते । उनले स्न्याचमा ७० र क्लिन एन्ड जर्कतर्फ एक सय गरी कूल १७० किलो भार बहन गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *