इटहरीको बिग बारमा आगलागी

डिसी नेपाल
२२ मंसिर २०७६ ८:२२

काठमाडौँ । सुनसरीको इटहरी बजारस्थित मुख्य चोकमा रहेको एक होटलमा आगलागी भएको छ ।

इटहरीको मूख्य चोकमा रहेको सुर्य कम्प्लेक्सस्थित बिग बार होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शनिबार राति १ बजे लागेको आगो ९ वटा दमकल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा साढे तीन घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *