बार्सिलोनाले रियल मड्रिडसँग केही घण्टामै खोस्यो लिगको शीर्ष स्थान, मेस्सीको किर्तिमान

डिसी नेपाल
२२ मंसिर २०७६ १०:४९

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल माल्लोर्कामाथि शानदार जीत हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना माल्लोर्कालाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेस्सीले अर्को ह्याट्रिक गरेका छन् । त्यस्तै लुइस स्वरेज र एन्टोइन ग्रीजम्यानले एक एक गोल गरेका थिए । त्यस्तै माल्लोर्काको लागि एन्टे बुडिमिरले दुवै गोल गरेका थिए । योसँगै मेसीले ला लिगामा क्रिस्टियानो रोनाल्डोको ३४ ह्याट्रिकलाई उछिन्दै ३५ ह्याट्रिक बनाएर नयाँ किर्तिमान बनाएका छन् ।

त्यस्तै यस खेलमा लुइस स्वरेजले ला लिगामा खेलेका सबै २८ प्रतिद्वन्दीविरुद्ध गोल गरेका छन् । स्वरेजले २८ प्रतिद्वन्दीविरुद्ध १३९ गोल गरेका छन् । यो जीतसँगै बार्सिलोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको १५ खेलमा ३४ अंक रहेको छ भने ३४ अंकनै रहेको रियल म्याड्रिड दोस्रो स्थानमा रहेको छ । बार्सिलोनाले अब च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानसँग खेल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *