१२ औं निर्माण दिवसका अवसरमा महासंघको प्रभातफेरी

डिसी नेपाल
२२ मंसिर २०७६ १२:२०

काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले १२ औं निर्माण दिवसका अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ।

महासंघले आइतबार काठमाडौंका विभिन्न ठाउँ परिक्रमा गरी प्रभातफेरी कार्यक्रम मनाएको हो। कार्यक्रममा महासंघका अध्यक्ष रवि सिंहले निर्माण दिवस मनाउँदै गर्दा आफूहरु आन्दोलित हुनुपरेको बताए।

उनले निर्माण व्यवसायीको फाइदाको लागि भन्दा पनि देश निर्माणमा गति दिन र पूर्वाधार विकासका आयोजनामा भएका अवरोधहरु हटाउन सार्वजनिक खरिद ऐन र नियमावली संशोधन गर्नका लागि आन्दोलन गर्नुपरेको बताए।

उनले ऐन संशोधन नभए परियोजनाहरुको म्याद थप नहुने र नयाँ आयोजनामा सहभागि हुन समेत नसक्ने बताए। महासंघले निर्माण दिवसका आवसरमा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरिसकेको छ भने रक्तदान कार्यक्रम समेत गरेको छ।

यस्तै प्रदेश महासंघ तथा जिल्ला संघहरुमा पनि प्रभातफेरी कार्यक्रम गरिएको अध्यक्ष सिंहले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *