१३औँ सागः आज ७ स्वर्णको छिनोफानो हुँदै
काठमाडौँ । काठमाडौँमा जारी १३औँ साउथ एशियन गेम्स (साग) अन्तर्गत आज आईतबार ७ स्वर्ण पदकको छिनोफानो लाग्दै छ । आज सागमा काठमाडौँ, पोखरा र जनकपुरमा १५ खेल हुँदैछन् ।
आज सातदोबाटोमा हुने प्रतिस्पर्धामा ४०० मिटर फ्रिस्टायल पुरुष र महिला, २०० मिटर बटरफ्लाई पुरुष र महिला, ५० मिटर ब्याकस्ट्रोक पुरुष र महिला तथा चार गुणा २०० मिटर फ्रिस्टायल रिलेमा प्रतिस्पर्धा हुँदैछ ।
हालसम्मका खेलमा आयोजक राष्ट्र नेपाल ४३ स्वर्ण पदकसहित पदक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
त्यस्तैगरी हालसम्म सर्बाधिक १ सय १० स्वर्ण पदक जित्दै भारत पहिलो स्थानमा रहेको छ ।
१३ औँ सागमा ३० स्वर्णपदक जित्दै श्रीलंका तेस्रो, २३ स्वर्ण जित्दै पाकिस्तान तेस्रो तथा ७ स्वर्ण जित्दै बंगलादेश चौँथो स्थानमा रहेका छन् ।
खेलमा सातौँ दिनको खेल सकिँदा माल्दिभ्सले एक स्वर्ण जितेको छ भने भुटानले हालसम्म कुनैपनि स्वर्णपदक जित्न सकेको छैन ।
Facebook Comment