१९ वर्षकी छोरीले १६ वर्षे प्रेमीसँग मिलेर आफ्नै पितालाई टुक्रा–टुक्रा पारिन्
मुम्बइ। मुम्बइ पुलिसले शनिबार ५९ वर्षक वृद्धको हत्या गरेको तथा उनको शरीरका अंगलाई डिस्पोज गरेर, काटेको र ब्यागमा भरेर सुटकेसलाई नदीमा फालेको आरोपमा एक नाबालिगसमेत २ जनालाई गिरफ्तार गरेको छ । पुलिसले सुटकेस भेट्टाउँदा त्यसमा मृतकको खुट्टा, एउटा हात र गुप्तांग भेटिएको थियो । मृतककी छोरी रिया भनिने आराध्या पाटिलले आफ्ना १६ वर्षका प्रेमीसँग मिलेर २७ नोभेम्बरमा मुम्बइको वकोलामा द्वारका कुञ्जथित आफ्नो घरमा चक्कु र बाँसको लठ्ठीले पिता बेनेट रेबेलोको हत्या गरेको आरोप छ ।
किशोरी र उनका प्रेमीले बेनेट रेबेलोमाथि लामखुट्टे मार्ने औषधी पनि छर्केका थिए किनकि चक्कु प्रहारपछि पनि उनी जीवित थिए । तर पूरै घटनामा ट्वीस्ट त्यतिबेला आयो जब पुलिसले छानबिनमा पायो कि बेनेट रेबेलोले रियालाई धर्मपुत्री पालेका थिए र उनको यौन शोषण पनि गरेका थिए । बेनेट रेबेलो आफ्नी छोरीको नाबालिग प्रेमी भएका कारण असन्तुष्ट थिए ।
रिया र उनका नाबालिग प्रेमीले बेनेट रेबेलोको २७ नोभेम्बरमा हत्या गरिदिए । उनीहरुले बेनेट रेबेलोको हत्या गर्न चक्कु र लठ्ठी प्रयोग गरेका थिए तर चक्कु हानेपछि पनि बेनेट जीवितै रहेपछि उनहिरुले लामखुट्टे मार्ने औषधी स्प्रे गरेका थिए । बेनेटको मृत्यु भएको निश्च्ति भएपछि उनीहरुले बेनेटको शरीर काट्न तातो चक्कु प्रयोग गरे । उनीहरुले बेनेटको शवलाई टुक्रा टुक्रा पारे त्यसपछि एक सुटकेससमेत ३ ब्यागमा राखे । त्यसपछि सुटकेसलाई मुम्बइको मीठी नदीमा फालिदिए ।
आरोपीहरुले शवलाई नदीमा बगाउन ३ दिन लगाए । सुटकेसमा बेनेट रेबेलोको एउटा खुट्टा, एउटा हात र गुप्तांग भेटिएको थियो । मीठी नदीमा सुटकेस बरामद भएपछि यसको जाचको लागि मुम्बइ पुलिसले क्राइम ब्रान्चको ५ टिमको गठन गरेको थियो । एउटा स्वेटरले पुलिसको लागि सुरागको काम गरेको थियो । स्वेटरमा एक पसलको नाम थियो जुन पसलबाट पुलिसले मृतक बेनेट रेबेलोको पहिचान गरेको थियो ।
Facebook Comment