अदालतलाई नै वेश्यालयजस्तै बनाएको आरोपमा महिला न्यायाधीश पक्राउ
काठमाडौं। अमेरिकामा एक महिला न्यायाधीश आफ्नो अदालतलाई वेश्यलयसरह बनाएको आरोपमा पक्राउ परेकी छिन् । उनले आफ्नो च्याम्बरमै वकिलहरुसँग शारीरिक म्बनध राख्ने गरेको आरोप छ । घटना अमेरिकाको केन्टुकीको हो । ती न्यायाधीशमाथि कामको क्रममा आफ्ना कर्मचारीहरुलाई महिला पिउने अनुमति समेत दिने गरेको आरोप लागेको छ ।
बेलायती मिडिया डेलीमेलको रिपोर्टअनुसार केन्टुकी ज्युडिसियल कन्डक्टले पारिवारिक अदालतकी न्यायाधीश डन गेन्ट्रीमाथि लागेका आरोपको जाँच गरेको छ । ३८ वर्षकी गेन्ट्रीमाथि कूल ९ आरोप लगाइएका छन् । ग्न्ट्रीले सबैभन्दा पहिले एक अटर्नीसँग स्न्यापच्याटमा फ्लर्ट गरेकी थिइन् । त्यसपछि उनीमाथि साथमा सुत्नको लागि दबाब बनाइन् ।
कमिशनसँग उजुरी गर्नेहरुले बताएअनुसार गेन्ट्रीले अदालतलाई वेश्यालयसरह बनाएकी थिइन् । अर्कोतर्फ गेन्ट्री केही यस्ता मुद्दाको सुनुवाइ गर्ने न्यायाधीशको टिमको सदस्य समेत रहेकी थिइन् जुन मुद्दा बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित थिए । ग्न्ट्रीका पूर्वपतिका अनुसार उनको आफ्ना एक ब्याण्ड पार्टनरसँग अफेयर थियो । पछि गेन्ट्रीले उनलाई अदालतमा जागिर पनि दिलाएकी थिइन् ।
Facebook Comment