जुडोमा देविकाले जितिन स्वर्ण, नेपालको स्वर्ण संख्या ४५ पुग्यो
काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत जुडोमा नेपालकी देविका खड्काले स्वर्ण जितेकी छिन् ।
सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन् ।
आइतबार नेपालले दुई वटा स्वर्ण जितेको छ। गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी थिइन्। देविकाले जुडोमा पहिलो स्वर्ण जितिन्। योसँगै नेपालको स्वर्ण संख्या ४५ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment