महिलालाई शसक्त नबनाए सम्म लैङ्गिक हिंसा अन्त्य हुदैन : रक्षामन्त्री पोखरेल

डिसी नेपाल
२२ मंसिर २०७६ १७:४१

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले हिंसा अन्त्यका लागि महिलालाई आर्थिक,समाजिक तथा राजनीतिक रुपमा शसक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्र्दभमा आईतबार राजधानीमा गरेको प्रदेश स्तरीय अभियानलाई सम्बोधन गर्दै मन्त्री पोख्रेलले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा शसक्त नबनाएसम्म महिलामाथिको हिंसा अन्त्य नहुने बताएका हुन् ।

सरकारको अवाला सरोकारवाला सबै संघ संस्था र नागरिक तहबाट निरन्तर लैङ्गिक हिंसा अन्त्यका लागि प्रयास गरिनुपर्ने र ती प्रयासहरु समानता प्रति लक्षित हुनुपर्नेमा उनले जोड दिए । सबै क्षेत्रमा महिलाले समान हैसियत बनाएपछि हिंसा अन्त्य सहज हुने भन्दै उनले समानता बिना लैङ्गिक हिंसा अन्त्यको अभियान सार्थक नहुने बताए ।

ँउनले लैङ्गिक हिंसा सामाजिक अपराध हो भन्ने बुझनु र बुझाउनु जरुरी रहेको बताउदै लैङ्गिक, हिंसालाई व्यक्तिगत मुद्दा भन्दै ढाकछोप गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याएर दण्डनिय बनाउनु पर्ने बताए ।

हिंसा अन्त्य गर्दै समानता सहितको समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकांक्षा पुरा गर्ने अभियानमा जुट्न उनले सबैलाई आव्हान समेत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *