पर्यटन विकासका लागि अनुसन्धान आवश्यक : मन्त्री भट्टराई

डिसी नेपाल
२२ मंसिर २०७६ १७:४७

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा अुनसन्धान नहुँदा कार्यक्रमहरु ल्याउन नसकिएको बताएका छन् ।

बारबरा फाउण्डेशनले आइतबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि अनुसन्धान आवश्यक रहेको बताएका हुन् ।
मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटिको अवस्थालाई बढाउनुपर्ने चुनौति समेत रेहेको बताए ।

त्यस्तै, हिमाली क्षेत्रमा कनेक्टिभिटिको विकास तथा ग्रेटर लुम्बिनिको अवधारणाका लागि पनि अनुसन्धान गर्नुपर्ने आवस्यकता रहेको उनको भनाई थियो । मन्त्री भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत पर्यटन क्षेत्रको अनुसन्धान गर्नका लागि आवस्यक व्यवस्था गर्ने समेत बताए ।

मन्त्री भट्टराईले देशमा रहेका सबै सांस्कृतिक ठाउँहरुलाई योजना बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले नेपालको जिडिपिमा कम्तिमा पनि १० प्रतिशत योगदान पर्यटन क्षेत्रको हुनुपर्ने र त्यसका लागि दिर्घकालिन योजना बनाएर अघि बढ्न लागिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *