कोहलपुर घटना प्रति नेपाली काँग्रेसद्वारा ध्यानाकर्षण

डिसी नेपाल
२२ मंसिर २०७६ १८:१७

काठमाडौं । नेपाली काँग्रेसले बाँकेको कोहलपुरमा त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आइतबार बिहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यसपश्चात उत्पन्न परिस्थितिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसले आइतबार विज्ञप्तिमार्फत प्रहरी नायब निरीक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिकलगायत सुरक्षाकर्मीसहित दर्जनौँ घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद् भएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कारवाहीको प्रक्रिया थाल्न सरकारसँग माग गरिएको छ । काँग्रेसले सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

काँग्रेसकाे विज्ञप्ति

प्रेस विज्ञप्ति

बाँकेको कोहलपुरमा त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृति चन्द आज विहान ट्रकको ठक्करबाट गम्भीर घाइते भएको घटना र त्यस पश्चात उत्पन्न परिस्थितिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रहरी नायब निरिक्षकको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले सावधानी अपनाउन नसक्दा घटनाले गम्भीर रुप लिई सर्वसाधारण नागरिक लगायत सुरक्षाकर्मी सहित दर्जनौं घाइते हुने अवस्था बन्नु अत्यन्त दुःखद छ ।

उत्पन्न परिस्थितिलाई संयमित भई समाधान गर्न, घाइतेहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न तथा घटनाका दोषीलाई तत्काल कार्वाहीको प्रकृया थालनी गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ । साथै, सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ ।

जय नेपाल !

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *